उदयपुर/ उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरीले जवरजस्ती करणीको आरोपमा आइतबार २ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको त्रियुगा नगरपालिका-१६ सिखानी बस्ने ४३ बर्षीय भिम बहादुर तामाङ र त्रियुगा नगरपालिका-७ पिपल चोक बस्ने बर्ष ५२ को धनबहादुर दनुवार पक्राउ परेका हुन् ।

आरोपित तामाङले अपरान्ह ४ बजे सोही नगरपालिकामा पर्ने कसेनि खोला नजिकको जंगलमा अन्दाजी ३०/३५ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको भनी आफन्तले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

दनुवारलाई १७ बर्षीया बालिकालाई राती पौने ९ बजे पिपल चोक नजिक खेतमा जवरजस्ती करणी गरेको भनि बालिकाका अभिभावकले दिएको जानकारीको आधारमा पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको  छ ।