धरान / धरान–१२ स्थित छाताचोक पुरानो अस्पतालमा शनिवार राती एक यसवामाथि खुकुरी प्रहार भएको छ ।
धरान १४ का २१ बर्षीय राजन थापा मगर माथि खुकुरी प्रहार भएको हो । उनको टाउकोको वांया पट्टि कान लत्रिने गरी खुकुरी प्रहार गरिएको धरान १४ का वडा सदस्य सोभा पुलामीले जानकारी दिए । गम्भीर घाइृते मगरको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ । आक्रमण गर्ने समुहको पहिचान हुन सकेको छैन् ।
उक्त क्षेत्र खुला र एकान्त भएकाले लागुऔषध प्रयोगकर्ताहरुको अखडा बन्दै गए पनि त्यसलाई व्यवस्थापन गर्न धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जे भण्डारीले वेवास्ता गरेको नेपाली काङ्ग्रे जिल्ला सचिव सुजेन्द्र तामाङले बताए ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य चौकी र वर्थिङ सेन्टर सञ्चालनमा रहे पनि काम गर्ने वातावरण नरहेको कर्मचारीहरु बताउंछन् । वीपी प्रतिष्ठानको स्वामितवमा रहेको १ विगाह १३ कठ्ठा १४ धुर क्षेत्रफलमा रहेको जग्गा तथा जीर्ण भवनहरुमा अहेव र अनमीको स्तरवाट स्वास्थ्य चौकी र वर्थिङ सेन्टर सञ्चालन तथा सुकुम्वासी, पुनस्र्थापना गृह, पार्किङ आदि अनाधिकृत रुपले रहेकाले धरानको मुटुमा रहेको जग्गाको दुरुपयोग हुनुका साथै अपराधिक एवम् असमाजिक गतिविधि बढ्दै गएका उनको भनाई छ ।