काठमाडौं  / काठमाडौँको दुई फरकफरक स्थानमा आज विस्फोट भएको छ । यहाँको सुकेधारा ढलानेपुल र घट्टेकुलो नजीकै विस्फोट भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिए । तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ग्यास सिलिन्डर ‘बम’ विस्फोट भएको बताइएको छ । क्षेत्रकिा अनुसार सुकेधाराका विस्फोटमा एकजनाको घटनास्थल र एकजनाको उपचारका क्रममा ज्यान गएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले अनामनगरको विस्फोटस्थलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएको बताए । ‘भोलीको बन्द सफल पारौँ’ भन्ने सन्देशसहितको प्रचा भेटिएको बताइएकोृ छ । सुकेधारामा भएको बम विस्फोटमा परेर दुईजनाको ज्यान गएको छ। विष्फोटमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जनको मृत्यु भएको हो । पाँचजना घाइते भएको प्रहरीले जनाएको छ । उपचारका लागि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको छ । अनामनगर विस्फोटमा घाइते भएका एकजनाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ।
भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले हत्या गरेको भन्दै विप्लव समूहले बन्द आह्वान गरेको थियो । विप्लवले कुनै समय बदुला लिने भनेर विज्ञप्तिसमेत जारी गरेका थिए ।