काठमाडौं । काठमाडौंको अनामनगर र सुकेधारामा भएको बम विस्फोटमा तीन जनाको मृत्यु भएको जनाएको छ ।

अनामनगरका ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ । जसमा १ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ भने एक जना घाइते भएका छन् । त्यस्तै सुकेधारामा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ । दुईमध्ये एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूको पहिचान खुल्न नसकेको प्रहरी जनाएको छ । अनामनगरको विस्फोटमा भने विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएको छ । जसमा नेपाल बन्द सफल पारौं भन्ने उल्लेखित गरिएको पर्चा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।