काँकडभिट्टा । मेचीनगरको धुलाबारीमा बुधबार राती घरभित्रै छिरेर आमाछोरी माथि साङ्घातिक आक्रमण गरेको आरोपमा दुई ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार राती आक्रमणकारीले धुलाबारीस्थित स्थानीय ४१ आरती चौहान (बुडाथोकी) उनकी ७ बषीय छोरी अर्पणालाई आक्रमण गरी गम्भीर घाइते बनाएका थिए । धुलाबारीका दुई ब्यक्तिलाई सिसी क्यामेराको फुटेजको आधार र आरतीको दिउँसो फोन गरेको आधारमा ती दुई ब्यक्तिलाई बिहीबार राति प्रहरीले धुलाबारी बजार क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।
उनका अनुसार ती दुई ब्यक्तिको नाम सार्वजनिक गर्दा अनुसन्धानमा बाधा पुग्ने भएका कारणले ब्यक्तिको नाम गोप्य राखिएको छ । आरतीको दिउँसो फोन गरेको सिक्नल ती ब्यक्तिको घरको आसपास देखिएको छ । तर, त्यो मोबाइल अहिलेसम्म भेटिएको छैन । यस घटनालाई प्रहरीको सुष्म अध्ययन गरी केही दिन भित्रमा सत्य तथ्य कुरा सार्वजनिक गर्ने श्रेष्ठले बताए । श्रेष्ठको अनुसार कालो रङ्गको मोटरसाइलाई सिसी क्यामेरा आधारमा नियन्त्रणमा लिएको बताए । ती दुई ब्यक्तिलाई म्याद थप गरी अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।