इटहरी  / बुधबार इटहरी उपमहानगरपालकिाका मेयर द्वारकिलाल चौधरीले कर्मचारीलाई दुव्यवहार गरेको भन्दै आज उपमहानगरपालिकाको काम काज ठप्प पारेका छन् ।

इटहरी उपमहानगरपालिका भरिकै कर्मचारीहरु अहिले कार्यालय नै नखोलि नगर परिसरमा आन्दोलन गरिरहेका छन् ।
कार्यालय परिसर बाहिर कर्मचारीको बाक्लो भिड लागेपछि सुरक्षाका लागि शसस्त्र प्रहरी खटिएका छन् । कार्यालय नखुले पछि सेवाग्राहीहरुको पनि भीड लागेको छ ।
उपमहानगरपालिकाका मेयर चौधरीले इटहरी १९ का वडासचिव मनोज दाहाल र उपमहानगरपालिकाका सब ओभरसियर राम खड्कामाथि हातपात गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । घट्नाको विषयमा बुझ्न मेयरलाई भेट्न पुगेका पत्रकारहरुलाई समेत दुव्यवहार गरेका थिए । पत्रकार कृष्ण वहाव भट्टराईलाई आफ्नो छोरा भन्दा कान्छो भएको भनी होच्चाउदैं मुख लोप्राएका थिए ।