भद्रपुर / गाउँ गाउँमा गएर सुन सफा गराउदै हिड्ने चारजना भारतीय नागरिकलाइ प्रहरीले सुन सफा गर्ने सामग्री सहित पक्राउ गरेको छ । ६ महिना अघि भद्रपुर ५ जुनु मेचेको सुनको सिक्री सफा गर्दै ७ आना सुन गालेर लगेको उनिहरु माथी आरोप लागेको थियो ।
सोही समूह वुधबार विहान भारतबाट मेची नदी हुदै नेपाल आउदै गरेको अवस्थामा स्थानीयले चिनेपछि प्रहरीको जिम्मा लगाएका थिए । पक्राउ पर्नेमा भारत भागलपुरका ४५ वर्षीय हरिस शाह, ३८ बर्षीय सकेट साह, कटिहार विहारका ३९ वर्षीय धर्मेन्द्र साह, र ३७ का हिरालाल साह रहेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर यमकुमार श्रेष्ठले जनाए । पक्राउ परेपश्चात पीडितलाइ खबर गरि सुन बराबरको रकम तिराएर साँझमा छाडिएको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए ।