देउराली । धरानको विश्वकर्मा मन्दिर नजिकै सवारी दुर्घटना भएको छ ।
धरानबाट इटहरी तर्फ जादै गरेको ना ६ ख २५६६ नम्बरको बसलाइ सोही दिशामा रहेको अनटेस्ट महेन्द्र स्कारपियोले ठक्कर दिदा दुर्घटना भएको हाे । याे कोशी राजमार्गमा पर्छ ।
धरानबाट यतायात कार्याल इटहरी दर्ताका लागी गएको स्कारपियोले बसलाइ ओभरटेक गर्दा बसको दाँहिने भागमा ठोक्किएर दुर्घटना भएको अस्थायी प्रहरी पाेष्टका प्रहरी जवान नन्दबहादुर धिमालले जानकारी दिएका छन् । दुर्घटनामा मानविय क्षति नभएको धिमालले बताए ।