काँकडभिट्टा / कन्काइ नगरपालिका ८ खाडी बस्तीमा आफ्नै घरको पुजा कोठामा झुण्डिएर आत्मा हत्या गरेकी भनिएकी मोनालिसा बर्देवाको आत्महत्या नभई हत्या भएको भन्दैं उनकी आमाले जाहेरी दिएकीछन् ।
बैशाख १९ गते बेलुका ५ बजे कन्काई नगरपालिका –८ खाडी बस्तीमा आफ्नै घरको पुजा कोठामा झुडिएर आत्मा हत्या गरेकी भएकी मोनालिसा बर्देवाको आत्मा हत्या नभएर श्रीनान बिशाल चाहार, सासू कमलादेवी चाहार र नन्द जमुनाको मिलेमतोमा हत्या गरि पुजा कोठामा झुण्डाएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा आमा देबिका दासले इलाका प्रहरी कार्यालय जाहेरी दिएकी हुन ।
दासको अनुसार आफ्नी छोरीलाई २०७३ साल ११ महिना २२ गतेका दिन ललाई फकाइ गरि कन्काइ ८ का बिशाल चाहारले बिवाह गरेका थिए । देबिकाका अनुसार सासु कमला देबी र जमुना चाहारले छोरी मोनोलिसासगँ बिना कारण दिनहु जसो झगडा गर्ने र श्रीमान बिशाल चाहारले दिनहु जसो मादक पदार्थ र लागुऔषध सेवन गरि घरमा श्रीमती मोनोलिसालाई दैनिक दुव्यवहार गर्ने गरेको बताइन । कुटपिट गर्ने र ज्यान मान्ने धम्की दिने र कसैलाई केहि भनिस भने तेरो नग्न तस्वीर सामाजिक संजालमा हालि दिन्छु भन्दै सामाजिक तथा मानसिक यातना दिने गरेको देविकाले जाहेरीमा उल्लेख गरेकीछन् ।
‘आफ्नो छोरीको भबिष्य हेरेर ज्वाई बिशाल सुद्रिन्छन भन्दा भन्दै यस्तो अबस्था सृजना भयो ।’– देविकाले भनिन–‘छोरी मोनालिसाको पेटमा ८ महिनाको बच्चा समेत रहेको थियो ।’
देबिका अनुसार झुडिएको अबस्था हेर्दा घरको पुजा कोठामा भित्र रहेको सिलिङ फेनमा रातो रंगको सारीको कपडामा झडिएको अबस्थामा भेटिएको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनि बिर्तामोडका प्रहरी इन्स्पेक्टर सुनिल श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको बताए । माइती पक्षबाट बैशाख ३१ गते प्रहरी कार्यालयमा जाहिरी दर्ता गरेको छ । जाहेरी दर्ता भएको साता दिन वित्दा पनि प्रहरीले कुनै कानुनी प्रक्रिया शुरु गरेको छैन् ।