उर्लाबारी । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको बिरोध गर्दै पूर्वी मोरङमा रहेका पत्रकारहरुले शुक्रबार उर्लाबारीमा एक घण्टा सञ्चार सामग्री सहित प्रदर्शन गरेका छन्
बेलवारी, कानेपोखरी, पथरीशनिश्चरे, उर्लाबारी, रतुवामाई र मिक्लाजुका पत्रकारहरु भेला भई उर्लाबारी मुख्य चौकमा एक घण्टा सञ्चार सामग्री प्रदर्शन गरेका हुन् । सो विधेयकको बिरोधमा देशभर आन्दोलन गर्ने नेपाल पत्रकार महासंघको पहिलो पहिलो चरणको कार्यक्रम अनुसार सञ्चार सामग्री प्रदर्शनको कार्यक्रम गरिएको महासंघका जिल्ला कार्यसमिति सदस्य सुमन घिमिरेले बताएका छन ।
उर्लाबारीस्थित सञ्चार क्लब नेपालको कार्यालयबाट सुरु भएको प्रदर्शन मुख्य चौकमा सञ्चार सामाग्री प्रदर्शन गर्र्दै समापन गरिएको थियो । महासंघ मोरङ शाखाको आयोजना र सञ्चार क्लबको व्यवस्थापनमा भएको प्रदर्शनमा भएको थियो । प्रदर्शन कार्यक्रममा महासंघका केन्द्रीय प्रतिनिधि अर्जुन जम्नेली राई, पत्रकार भक्तशेर लिम्बु र सञ्चार क्लबका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाले प्रेस स्वतन्त्रता विरोध विधेयक तत्काल फिर्ता नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन ।
यसअघि जेठ १ गते पूर्वी मोरङका सबै सञ्चारकर्मीले कार्यक्षेत्रमा कालो पट्टी बँ“धेर काम गरेका थिए भने सोही दिन अन्तरक्रिया समेत गरिएको थियो । संसदमा दर्ता भएको बिधेयकले स्वतन्त्र पत्रकारिता, अभिब्यक्ति तथा प्रेस स्वतन्त्रता कुण्ठित पार्ने भएको ठहर गरी उक्त विधेयक खारेज गर्न आन्दोलन गर्नुपरेको पत्रकार महासंघले जनाएको छ ।
































