लक्ष्मीमार्ग । मोरङको बेलबारीमा रहेका लोहन्द्रा र चिसाङ खोलामा तटबन्धन गर्नका लागि उपभोक्ता समिति गठन गरी काम अघि बढाईएको छ ।
बेलबारी १, र ५ नम्बर वडाको लोहान्द्रा खोलामा तटबन्धन निमार्ण गर्नका लागि संघिय सरकार मार्फत २ करोड भन्दा वढि बजेट आएको र उक्त बजेट मार्फत लोहन्द्राका ४ स्थानमा तटबन्धन गरीने बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिएका छन् ।
लोहन्द्रा खोलामै प्रदेश सरकारले तटबन्धनका लागि छुट्टै बजेटको ब्यबस्था गरेको छ । प्रदेश सरकारले ३ स्थानमा तटबन्धन गर्ने गरी ८० लाख बजेट दिएको सुवेदीले बताए । चिसाङ खोलाको तिन स्थानमा तटबन्धन गर्नका लागि ७० लाख बजेट आएको समेत मेयर सुवेदीले बताए ।
































