पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-५ हात्तीखेम्बा बस्ने मन बहादुर मगरको घरमा बुधवार आगलागी हुँदा अन्दाजी ९ लाख ३५ हजार मूल्य बराबरको क्षति भएको छ । बेलुका साढे ७ बजे मगरको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा अचानक आगलागी हुँदा घर सहित खाद्यान्न, भाडावर्तन, लत्ताकपडा, नगद १ लाख, आधा तोला सुन लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
आगलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी प्राङबुङबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा राती ८ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
































