ईलाम । ईलामको देउमाई नगरपालिका-१ कुखुरे गाउँबाट प्रहरीले लागूऔषध गाँजा सहित आईतबार १ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने बर्ष ६७ को आस बहादुर राईको घरबाट साँझ साढे ७ बजे लुकाई छिपाई राखेको १ किलो लागूऔषध गाँजा बरामद गरेको हो । गाँजा सहित पक्राउ परेका राईलाई उक्त कार्यालयमा राखि थप अनुसन्धान भईरहेको छ ।
१ किलो गाँजा सहित १ पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































