भद्रपुर / भारतबाट उत्पादित १८ कार्टुनमा रहेको ११४ बोतल मदिराजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ । इलामको पशुपतिनगर नाका हुँदै झापा तर्फ भित्राउदै गरेको रक्सी प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी गण नम्बर २ झापाले जनाएको छ ।
२ नम्बर गण झापाबाट सादा पोशाषमा खटिएका आइन्द्र लिम्बू, हर्क गोदार थापा लगायतको सशस्त्र प्रहरी टोलीले झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित मेची राजमार्गबाट रक्सी बरामद गरेको सो कार्यालयले जनाएको छ ।
झापातर्फ आउँदै गरेको यात्रुवाहक बस चेकजाँचको क्रममा सशस्त्र प्रहरीले भारतीय सिक्किम ब्राण्डका रक्सीका बरामद गरेको सशस्त्रका डिएसपी कृष्णकुमार श्रेष्ठले जानकारी दिए । चेकजाँचको क्रममा १७ वटा साना कार्टुन र एउटा ठुलो कार्टुनमा प्याक गरेको अवस्थामा बरामद गरिएको डिएसपी श्रेष्ठले बताए । आवश्यक कारबाहीका लागि भद्रपुरस्थित आन्तरिक राजश्व कार्यालय मेची बुझाइसकेको उनले जनाए ।
।