धरान/ बालिकालाई जर्वजस्ती करणी गर्न खोजेको आरोपमा धरान–८ का व्यवसायी ध्रुव मास्के पक्राउ परेका छन् ।
इटहरी–२० घर भई हाल मावली घर धरान आएकी ११ वर्षीया बालिकालाई करणीको प्रयास गरेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पसलमा सामान किन्न गएको समयमा मास्केले पसलसँगै जोडिएको कोठामा बोलाइ बालिकाको संवेदनशील अङ्गहरू समाती करणी गर्ने प्रयास गरिरहेको समयमा बालिका भाग्न सफल भएकी थिइन् ।
उनले आफन्तलाई उक्त कुराको जानकारी दिएपछि आफन्तले दिएको किटानी जाहेरीका आधारमा मास्केलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको शारीरिक जाँचका लागि अस्पताल पठाइएको छ ।