धनकुटा / जिल्ला कारागार धनकुटामा कार्यरत चौकीदारले आफुहरुलाई अन्याय गरेको भन्दै त्यहाँ रहेका कैदीवन्दीहरुले स्थानान्तरणको माग गर्दे आन्दोलन थालेका छन् ।
चौकिदार डिल्लीप्रसाद अधिकारीको नाममा निवर्तमान चौकीदार देवराज अधिकारीले चौकीदाारीको काम गर्दै आफुहरुलाई दमन गदै आएको उनीहरुको आरोप छ । कारागारमा रहेका ७० जना कैदीवन्दीहरुले आफुहरुलाई लामो समयदेखि दमन शोषण गरेको गर्मी र जाडोमा पाउने स्केललाई दुरुपयोग गरेको, जेल भित्र निषेध गरिएका खैनी, जाँड–रक्सी, चुरोट लागुपदार्थलगायतका बस्तुहरुको कारोबार गरेर आर्थिक लाभ लिने गरेको समेत आरोप लगाएका छन् । कारागार भित्र चौकीदार अधिकारीले कानुनी रुपमा प्रतिवन्धीत् मोवाईल, खैनी ५० रुपयाँ पाकेट, खुकुरी रम १ क्वाटरको ३ हजार, खुकुरी चुरोट प्रतिवट्टा २ सय ५० रुपयाँसम्म लिने गरेको कैदीवन्दीहरुले वताएका छन् ।
कैदीवन्दीहरुलाई जेल बाहिर हिड्ने हुदाँ सरोकारवाला सबैसंग राम्रो सम्बन्ध रहेकोले जुन सुकै बेला जे पनि हुने र गर्न सक्ने जस्ता धम्की अधिकारीले दिने गरेको आरोप उनीहरुलाई लागाएका छन् । चौकीदार नफेरेसम्म बिरोध जारी राख्ने कैदीवन्दी देवुरम निरौलाले बताए । चौकीदार अधिकारीले भने आफूले नियमको पालना गराएकोले आफु बिरुद्ध केहि कैदीबन्दीले भुटो आरोप लगाएको बताए ।
धनकुटा कारागारका निमित जेलर टंक श्रेष्ठले भने कैदीहरुको निवेदन प्राप्त भएको र आफूले प्रशासनसंग समन्वय गरेर मात्र समाधान गर्न सक्ने र छिटै कैदीबन्दीका माग पुरा गरिने बताए ।