धरान / धरान –८ स्थित बरगाछीका ६२ बर्षीय वृद्ध बालिकालाई जव्वरजस्ती करणी गर्न खोजेको आरोपमा हिजो राती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–८ का धुर्व मास्के रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ती वृद्धले गत बैशाख ६ गते इटहरी घर भई धरान–८ मा मावली घर आएको बेला घर नजिकै दिउसो पसलमा सामान किन्न गएको बेला पसल नजिकै रहेको कोठामा लगि बलात्कार गर्न लाग्दा फुत्किएर बचेकी थिइन । मामालीमा सबै कुरा ती ११ बर्षीय बालिकाले बताए पछि इप्रका धरानमा जाहेरी परेको थियो । ती बालिकाले गत बैशाख २६ गते सानिमालाई भनेकी थिइन ।
जाहेरी लगतै बलात्कारको प्रयास गर्ने मास्केलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ ।