पाँचथर / जिल्लाको फिदिम नगरपालिकामा एक ५८ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ ।
उनीलाई शुक्रबार मध्यराति तीन जनाको समूहले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्नमध्ये ४५ बर्षका धनसिं फागोलाई पक्राउ गरिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताए । बाँकी दुई जनाको खोजीकार्य भइरहेको प्रवक्ता पौडेलले बताए ।
छिमेकीको बिवाहमा गएकी ती महिलालाई तीन जनाले बलात्कार गरेको पीडित महिलाको आरोप छ । अन्य दुई जनाको नाम भने प्रहरीले गोप्य राखेको छ ।