मोरङ / मोरङको कटहरी गाउँपालिका १ महेशपुर स्थित घरमा गोली लागी एक युवक घाईते भएका छन्।
विराटनगर महानगरपालिका १२ घर भएका २४ बर्षीय रुपेश कामत गोली लागी घाइते भएका हुन । उनी भीनाजु नाता पर्ने श्याम रायको घरमा बस्दै आएका थिए । शुक्रबार राती रुपेशमाथि गोलि प्रहार भएको स्थानीयले बताएका छन् ।
उनलाई कोठाभित्रे गोली प्रहार भएको प्रहरीले जनाएको छ । घाइतेको नोव हस्पिटल विराटनगरमा उपचार भइरहेको छ । गोली कसले हानेको भन्ने पत्ता लगोको छैन् । प्रहरीले घट्नाको विषयमा अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।