विराटनगर । सवारी चेकजाँचको क्रममा प्रहरीलाई घुस दिने मोटसाइकल चालक पक्राउ परेका छन् ।
विराटनगर – ६ प्रगतिनगर एरियाबाट सवारी चेकजाँच गर्ने क्रममा बिलबुक भित्र राखेर प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिने को.१८ प ४९२२ नम्बरको मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका – .५ बनिगाउँ झुम्का बस्ने २८ वर्षिय विनोद सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

सवारी चालक अनुमति पत्र सरदारसँग नभएपछि चेकिङमा खटिएको प्रहरीलाई बिलबुक भित्र राखेर पैसाँ दिने क्रममा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका सरदारलाई प्रहरीले आवश्यक कानूनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।