पाँचथर । बालिकालाई फकाएर बिवाह गरेको आरोपमा पाँचथर प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले हिलिहाङ–७, बस्ने २३ बर्षिय चक्र तामाङलाई पत्रेको हो ।
तामाङले तेह्रथुमको आठराईकी एक बालिकालाई ललाईफकाई बिवाह गरेको बालिकाको परिवारको आरोप छ । परिवारका अनुसार तामाङले कक्षा–८ मा अध्ययनरत ती बालिकालाई फकाईफुल्याई फिदिम बजारको शनिबारेस्थित शिवालय मन्दिरमा ल्याएर सिन्दुरपोते गरी बिवाह गरेका हुन् ।
बालिकाको अभिभावकले दिएको जाहेरीको आधारमा तामाङलाई बुधबार पक्राउ गरिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताए । तमाङ बिरुद्ध बाल बिवाह मुद्धा अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरिक्षक पौडेलले बताए ।