सिरहा / सिरहाको मिर्चैयामा भर्खरै नेपाली सेनाको गाडीमा मोटर साइकल ठोकिएर एक जनाको मृत्यु भएको छ ।
मिर्चैया नगरपालकिा वडा नं. ५ वस्नेमा करिब २६ वर्षका सागर कुमार जयसवालले चलाएको स.६प ८०१३ नं.को मोटरसाईकलले नेपाली सेना चोर्हवा गण बहिनी २७ को गाडीमा पछाडीबाट ठोकिएर मृत्यु भएको छ ।
नेपाली सेनाको बा.१ग २४६२ नं. गाडी पूर्व पश्चिम लोकमार्गको मिर्चैया नगरपालिकाको मलहनिया चौकमा रोकिएर राखेको अवस्थामा ठोकिएर जयसवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर दिनेश गौतमले जानकारी दिए ।
प्रत्यक्षदर्शीका अनुसार बिग्रेको गाडी रोकेको अबस्थामा कुनै इन्डिकेट नदिई राखिएकोले दुर्घटना भएको बताए ।