भद्रपुर । सशस्त्र प्रहरीले ४२ बोरा भारतीय युरिया मललगायत झापाका विभिन्न क्षेत्रबाट शनिबार राति दुईलाख रुपैयाँ मूल्य बराबरको अवैध सामग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल हेडक्वार्टर गण नम्बर २ झापाबाट खटिएको प्रहरी टोलीले मल, सुर्ती, भाँडाकुँडा, लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीले गौरीगञ्ज गाउँपालिका–४ मा लुकाई राखिएको ४२ बोरा युरिया मल, बिर्तामोड नगरपालिका–१ बाट २ सय ४० किलो सुर्ती र अर्जुनधारा नगरपालिका– १० बाट स्टिलका भाँडाकुँडा साथै विभिन्न नाकाबाट कपडा बरामद गरिएको डिएसपी कृष्णकुमार श्रेष्ठले जानकारी दिए । भारतबाट कारोबारीले नेपालको भन्सार छलेर अवैधरूपमा भिœयाएको १ लाख ९५ हजार २ सय ३४ रुपैयाँ मूल्य बराबरको सामग्री सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको श्रेष्ठले बताए ।
बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार काँकडभिट्टामा बुझाएको उनले जनाए । सशस्त्र प्रहरीले चालू महिनाको २२ गतेसम्म झापाका विभिन्न युनिटबाट ४२ लाख रुपैयाँ मूल्य बराबरको भन्सार राजस्व दाखिला गरिसकेको सो कार्यालयले जनाएको छ ।