उदयपुर । जिल्ला अदालत उदयपुरबाट वन मुद्दाको कसूरमा केही कैद र जरिवाना सजाय तोकिएका दुईजना फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–२ निबासी ३३ वर्षीय सुन्दर चौधरी र ३५ वर्षीय राजिन भनेर चिनिने राजेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरी अदालतमा हाजिर गराएको हो ।

अदालतले वन मुद्दाको कसूरमा फरार अपराधीहरूलाई ५ महिना कैद र एक लाख ३८ हजार ७५ रुपैयाँ १५ पैसा जरिवाना र २० दिन कैद र २३ हजार ६ सय जरिवाना सजय फैसला सुनाएको थियो । फरार अपराधीहरूलाई गत १९ गते र २० गते प्रहरीले प्रक्राउ गरी अदालतमा उपस्थित गराई कारागार चलान गरेको प्रहरीले जनाएको छ ।