मोरङ। सलकपुरमा बसको ठक्करबाट आइतबार बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दर-हरैँचा नगरपालिका-८ सलकपुरमा पश्चिम तर्फ जाँदै गरेको को १ ख २१४२ नम्बरको बसले बिपरित दिशा तर्फ आउँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाईकलमा सवार झापा मेचीनगर नगरपालिका-२ बस्ने बर्ष २६ को जीवन राई गम्भीर घाइते भएका राईकाे उपचारको लागि नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बस, बस चालक र मोटरसाईकललाई प्रहरी चौकी गछियाको नियन्त्रणमा राखिएको छ ।