धरान । गायिका मेलिना राई र गायक हरि लम्सालको आवाज रहेको गीत ‘परानै दिन्छु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हरि लम्सालको सङ्गीत रहेको यो गीतमा प्रल्हाद साहको शब्द छ । निकेश खड्काले निर्देशन गरेको यो भिडियोमा विकास धमलाको सम्पादन, बुद्ध थापाको छायाङ्कन छ । भिडियोमा अभिनेता दयाहाङ राई र लक्ष्मी बर्देवालाई देख्न सकिन्छ । दया निकै कम मात्र भिडियोमा अभिनय गर्छन् । उनले यो गीत नै विशेष लागेकाले भिडियोमा काम गरेको बताए ।