काठमाडाैं / ललितपुरको पुल्चोकमा केटीको विषयमा भएको युवाहरुको दुई समूहबीच भएको झगडामा एक युवाकको ज्यान गएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
शुक्रबार साँझ ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सुमेरु अस्पताल नजिकको गल्तीमा ग्याङ फाइट भएको थियो । १२÷१४ जना युवाहरुको समूहमा भएको झडपमा २० वर्षका अन्सल शाक्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । उनलाई तत्काल सुमेरु अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । दुई समूहबीच केटीको निहुँमा झडप भएको डीएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिए । अनलाइनखबरलाई जानकारी दिए ।