इटहरी / मोरङको सुन्दरहरैचा नगरपालिका ३ मा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् ।
विहान करिव ३ बजेतिर २८ बर्षीय कृष्ण धितालको घरमा सुतिरहेका अवस्थामा केही व्यक्तिहरु आएर घरबाट बाहिर निकाले खुकुरी प्रहार गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उनको शरिरमा जताभावी खुकुरी प्रहार गरि भागेको स्थानीयले बताएका छन् ।
राती नै उनलाई उपचारका लागि विराटनगरस्थित नोवेल स्पतालमा पु¥याएको छ । खुकुरी प्रहार गर्नेहरुको पहिचान हुन सकेको छैन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी प्रहरी कार्यालय मोरङले जनाएको छ ।