सिरहा / रौतहट प्रहरीले शुक्रबार बिहान एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरी टोलीले गौरस्थित बस पार्कबाट एक किलो सुनसहित गौर नगरपालिका–५ का अनुकेशकुमार साहलाई पक्राउ गरेको हो । लामो समयदेखि अवैध रूपमा सुन व्यापार गर्दै आएको सूचनाका आधारमा साहलाई पक्राउ गरेको हो । काठमाडौंबाट आएको रात्री बसबाट आर्लिदै गर्दा उनलाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
प्रहरी नियन्त्रणमा रहेका साहमाथि थप अनुसन्धान भइरहेको एसपी खत्रीले जानकारी दिए । उनले भने, ‘साहले काठमाडौंबाट ल्याएको उक्त सुन भारतीय बजारमा लैजान लागेको आशङ्का गरिएको छ ।’