धरान / विराटनगरको बरगाछीस्थित ‘फस्ट ग्रेभियर’ उद्योगका सञ्चालक दीपक गौतम बलात्कार अभियोगमा पक्राउ परेका छन् ।
प्लाष्टिक प्याकेजिङको प्रि डिजाइनका काम हुने उनको उद्योगमा काम गर्ने कर्मचारीकी श्रीमतीले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि गौतम पक्राउ परेका हुन् । उद्योगमा काम गर्ने कर्मचारी र उनको परिवार उद्योगकै कोठामा बस्दै आएका थिए ।\

ति महिलाले गौतमले वैशाख १५ गते उद्योगकै कोठामा लगेर जवर्जस्ती करणी गरेको भन्दै बुधबार प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी लगत्तै पक्राउ परेका गौतमलाई बिहीबार म्याद थपिएको मोरङ प्रहरीले जनाएको छ । यस्तै खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ मा बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार एक युवकलाई पक्राउ गरेको छ ।

१७ वर्षीया बालिकालाई सोही गाउँपालिका–१ का जीवनबहादुर जोगीलाई पक्राउ गरेको हो । जोगीले बालिकालाई ललाईफकाई गरी बुधबार साँझ करणी गरेको भनी बालिकाको आफन्तले दिएको उजुरीको आधारमा युवकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ । पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखी थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।