विराटनगर । मोरङ प्रहरीले कुनै पनि घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको र त्यस्ता मान्छेलाई छुटाउन भनसुन र दबाव दिदै हुनुहुन्छ भने होसियार रहनुहोला ! अब प्रहरीले कुनै पनि घटनमा संलग्न भएर पक्राउ गरेको व्यक्तिलाई छुटाइदिनुपर्यो भन्दै भनसुन र शोसफोर्स लगाउनेहरूको लिस्ट तयार पार्दै अभिलेख राख्न सुरू गरेको छ । प्रहरीले तयार गरेको अभिलेख आवश्यक परेको खण्डमा एक सातामा सार्वजानिक गर्ने मोरङ प्रहरीको योजना छ ।

प्रहरीले कुनै पनि घटनामा पक्राउ परेको आरोपीलाई छुटाउन जो सुकैले पनि छुटाइदिनुपर्यो भन्दै भनसुन गर्नेहरूको नामवली तयारी गर्ने काम सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिइएको व्यक्ति छुटाउन भनसुन गर्नेहरू नै समुदायमा पुग्दा दबाव समूहका रूपमा देखिने गरेपछि प्रहरीले विवरण राख्नुपर्ने आवश्यकता महसुस गर्नुका साथै यसलाई सार्वाजनिक गर्ने सोच रहेको प्रवक्ता श्रेष्ठले बताए । अपराध अनुसन्धानमा ‘अवाञ्छिन’ प्रभाव बढेको र अनुसन्धानमा प्रहरीलाई चुनौती थपिएको भन्दै व्यक्ति छुटाउन भनसुन गर्नेहरूको नामवली तयार राख्न सुरु गरिएको उनले बताए ।

‘अपराध अनुसन्धानमा प्रहरी सफल नभए त्यसको नकारत्म असर पर्ने भएपछि भनसुन गर्न आउनेहरूको पनि सूची तयारीको थलानि भएका छौं,’ उनले भने, ‘फोन वा कार्यालयमा आएर कुनै पनि घटनामा संलग्न भएका व्यक्तिलाई छुटाइदिनु प¥यो भन्दै आउँछन् भने त्यस्तो व्यक्तिको नाम रेकर्डको रूपमा राख्न थालेका छौं ।’ उनी भन्छन्, ‘घटनामा संलग्न व्यक्तिका कोही आफन्त वा नजिकका मान्छे आएर जानकारी लिन्छन् भने उनीहरूलाई सहज रूपमा हामी जानकारी दिन्छौं ।’

तर कार्यालयमा आएर पक्राउ परेको मान्छे सोझो भएकोले तीनलाई छुटाइदिनपर्यो भन्दै भनसुन गर्न आउछन् भने त्यस्ता मान्छेको अभिलेख राख्न सुरू गरिएको उनले बताए । ‘प्रहरीको कम जनशक्ति भएको ठाउँहरूमा प्रहरीलाई प्रभाव पार्न सकिन्छ कि भनेर त्यस्ता मान्छेहरू आउने गर्दछन्,’ उनले भने, ‘कसैको प्रभाव र दबावमा नपरि प्रहरीले आफ्नो ढङगले अनुसन्धान गरि काम अगाडी बढाएको छ ।’
मोरङको पथरीशनिश्चरेमा पछिल्लो समय रीना बस्नेत मृत्यु प्रकरणमा स्थानिय नेताहरूले दोहोर भूमिका निर्वाह गरेको पाइएपछि प्रहरीले अपराध अनुसन्धानमा नयाँ विधि प्रयोगमा ल्याउन लागेको हो । प्रहरीलाई अपराध अनुसन्धान गर्नुपर्ने चुनौतिसँगै नियन्त्रणमा लिइएका व्यक्ति छोडनुपर्ने दबावले काम गर्न नसक्ने अवस्था भएपछि भनसुन गर्नेहरूको समेत विवरण राखरेर आवश्यक पर्दा सार्वजानिक गर्ने योजना बनाएको हो ।