सिरहा । सिरहाबाट सुनसरीका लागि बस चढेका एक बालक एकाएक वेपत्ता बनेपछि परिवारमा रुवावासी शुरु भएको छ ।

सिरहाको हेमनारायण चौकबाट बसमा चढेका बुद्ध ज्योती इंङ्लिस बोर्डिङ स्कुलमा पढ्दै आएका बालक धमेन्द्रकुमार मण्डल वेपत्ता बनेका हुन् । मण्डल स्कुलको बिदा भएपछि सुनसरीको इनरुवा आएका थिए । उनी गएको बुधबार बिहान शेरावाली डिलक्स बसमा चढेर सुनसरीका लागि हिँडेका थिए । तर, उनी इनरुवा नपुगी नै वेपत्ता बनेका हुन् ।

पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा बिहीबार उजुरी दर्ता गराएका थिए । सोही उजुरीका आधारमा प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ । अहिले परिवार शोकमा डुबेको छ । उनी कहाँ र कुन अवस्थामा छन् भन्नेबारेमा हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । वेपत्ता बनेका उनी गेनीलाल मण्डलका छोरा हुन् । वेपत्ता बनेका मण्डललाई कसैले भेटिहालेमा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन भन्दै परिवारले आग्रह गरेका छन् ।