रौतहट । रौतहट प्रहरीले शुक्रबार बिहान एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । विषेश सुचनाका आधारमा प्रहरी टोलीले गौरस्थित बस पार्कबाट एक किलो सुनसहित गौर नगरपालिका, ५ का अनुुकेश कुमार साहलाई पक्राउ गरेको हो ।
लामो समयदेखि अबैध सुन व्यापार गर्दै आएको सुचनाका आधारमा साहलाई पक्राउ गरेको हो । काठमाडौंबाट आएको रात्री बसबाट आर्लिदै गर्दा उनलाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
प्रहरी नियन्त्रणमा रहेका साहमाथि थप अनुुसन्धान भइरहेको एसपी खत्रीले जानकारी दिए । उनले भने, ‘साहले काठमाडौंबाट ल्याएको उक्त सुन भारतीय बजारमा लैजाने आशंका गरिएको छ ।’