धरान । सामान्य झगडाकाकारण घरबाट अाफन्तकाेमा जाने भनेर हिडेका मोरङको बेलबारी १० का ५१ बषिय कुमार खड्काको मृत अवस्थामा फेला परेका छन ।

घरमा सामान्य झगडा घरबाट अाफन्तकाेमा जाने भनेर  हिडेका खड्का सिंह देवि सामुदायीक बन भित्र मृत अवस्थामा फेला परेका छन् । बैशाख २ गतेबाट संपर्क बिहिन खड्का १७ दिन पछि मृत फेला परेकाे मृतकका छोरा बिबेक खड्काले बताएका छन् । घटनास्थलमा २ ओटा बिषादी र केहि पैसा रहेको मोरङ प्रहरी प्रबक्ता घनश्याम श्रेष्टले बताए ।

घास दाउरा गर्न जाने स्थानियले शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । खड्काकाे शव गनाहुने र सडेको घोप्टो परेको अवस्थामा फेलापरेकाे छ ।