धरान / धरान फुटवल क्लवले हिरासत निर्माणका लागि एक लाख आर्थिक सहयोग प्रदान गरेको छ । हिजो २१ आंैं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्ने कार्यक्रममा एक लाख ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरेको हो । यस्तै आसारा सुधार केन्द्रलाई पनि
२५ हजार सहयोग प्रदान गरेको छ ।
२१ संस्करण पछि यो बर्ष १२ लाख ३४ हजार नाफा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी गराए । यस वर्ष फुटबल क्लबले आम्दानी गरेको रकमबाट सहयोग गरेको अध्यक्ष राईले बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सभामुख प्रदिप भण्डारी रहेका थिए ।