ताप्लेजुङ / ताप्लेजुङको विभिन्न ठाउँबाट प्रहरीले ४ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ ।
यस्तै २ नाल हतियार भने स्थनीयले प्रहरीलाई बुझाएका छन् । मंगलवार बेलुका प्रहरी चौकी सिवाबाट खटिएको प्रहरी टोलीले फक्तालुङ गाउँपालिका वडा नं ३ लिङखिमको एक ओढारमा बेवारिसे अवस्थामा लुकाई राखेको २ नाल, प्रहरी चौकी फुलवारीबाट खटिएको प्रहरी टोलीले बरामद गरेकाे थियाे ।
यस्तै आठराई त्रिवेणी गाउँपालिका वडा नं २ फुलबारीस्थित ओकाटे ढुंगाको ओढारबाट १ नाल र प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिका ३ हाङपाङस्थित सोबुदा जंगलबाट १ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । त्यसैगरी पाथिभरा याङवरक गाउँपालिका १ नाङखोलेङ छिपछिपेका तक बहादुर गुरुङले प्रहरी चौकी मेवाखामा २ नाल भरुवा बन्दुक बुझाएको प्रहरीको भनाई छ ।