खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ मा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुधवार १ युवकलाई पक्राउ गरेको छ । १७ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले सोही स्थान बस्ने बर्ष-२१ को जीवन बहादुर जोगीलाई पक्राउ गरेको हो ।
जोगीले बालिकालाई ललाई फकाई गरी बुधवार साँझ करणी गरेको भनि बालिकाको आफन्तले दिएको उजुरीको आधारमा युवकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ । पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखि थप अनुसन्धान भईरहको उक्त कार्यालयले जनाएको छ ।