सुनसरी। सुनसरीको ईटहरी उप-महानगरपालिका-५ पश्चिम लाईनमा आज यात्रुबाहक बसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा विहान सवा ४ बजे ना ७ ख ७७३१ यात्रुबाहक बसले पैदल हिडिहेका ईटहरी-८ बस्ने बर्ष ७२ को धन बहादुर भण्डारीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारको लागि धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ भने ठक्कर दिने बस र चालक मोरङ बेलबारी नगरपालिका-४ बस्ने बर्ष ३६ टंक खत्रीलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।