ताप्लेजुङ। प्रहरीलेताप्लेजुङको विभिन्न ठाउँबाट ४ नाल भरुवा बन्दुकलुकाईएकाे अवस्थामा फेला पारेको छ ।  स्थानीयले २ नाल हतियार प्रहरीलाई बुझाएका छन् ।

 मंगलबार बेलुका ७ बजे प्रहरी चौकी सिवाबाट खटिएको प्रहरी टोलीले फक्तालुङ गाउँपालिका-३ लिङखिममा रहेको ओढारमा बेवारिसे अवस्थामा लुकाई राखेको २ नाल, प्रहरी चौकी फुलवारीबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका-२ फुलबारीस्थित ओकाटे ढुंगाको ओढारबाट-१ नाल, प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिका-३ हाङपाङस्थित सोबुदा जंगलबाट-१ नाल भरुवा बन्दुक बरामद गरेको हो ।

त्यसैगरी पाथिभरा-याङवरक गाउँपालिका-१ नाङखोलेङ छिपछिपे बस्ने तक बहादुर गुरुङले प्रहरी चौकी मेवाखामा २ नाल भरुवा बन्दुक बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बरामद गरिएको बन्दुकको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।