धरान / धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुले लायन्स क्लब अफ घोपा चार्टर गठन गरेका छन् ।
बिराटनगर युनाइटेडको सहयोगमा लायन्स क्लब इन्टरनेसनल डिस्टृक्ट ३२५ ए १ का भुपु डिस्टृक्ट गवर्नर लायन लिला कुमार ढुङेलको प्रमुख आतिथ्यमा लियो क्लब अफ धरान घोपा युनाइटेड चार्टर गठन गरेका हुन ।

लियो क्लब अफ धरान घोपा युनाइटेडको बर्ष २०१८÷(१९ का लागि अध्यक्षमा उकेस कुसि , उपाध्यक्षमा सिलन भन्डारी, सचिवमा सुभमकुमार अग्रवाल र कोषध्यक्षमा आशिष भण्डारी चयन भएका छन् ।
२५ ए १ का भुपु डिस्टृक्ट गवर्नर लिलाकुमार ढुङेलले प्रतिष्ठानका ८८ जनालाई लियो क्लबको सदस्यता प्रदान गरेका थिए ।

लियो क्लब अफ धरान घोपा युनाइटेडले समाजप्रति उत्तरदायि हुदै आउदा दिनहरुमा रक्तदान कार्यक्रमहरु, स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रमहरु संचालन गर्ने सचिव शुभवकुमार अग्रवालले जानकारी दिए ।