धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपतिका भतिजा कम्प्युटर इन्जिनियर राकेश दासलाई पदबाट प्रतिष्ठान प्रशासनले हटाएको छ ।
नक्कली शैक्षिक प्रमाण पत्र भएको आरोप खेप्दैं अका दासलाई प्रमाण पत्र पेस गर्न पटक पटक पत्रचार गर्दा अटेर गरे पछि मंगलबार प्रतिष्ठान प्रशासनले तीन महिना निलम्बन गरेको पत्र थमाएको हो ।
प्रतिष्ठानले दासको सेवा प्रवेश गर्दा पेस गरेका एसएलसीदेखिका सबै शैक्षिक प्रमाण पत्रहरु पेस गर्न मिति चैत्र १८ गते २४ र बैशाख ३ गते पत्रचार गर्दा अटेर गरि पोल्याण्डको लागि भिसा एप्लाई गरेकाले प्रमाण पत्र अहिले पेस गर्न नसक्ने बताए पछि छानविनका लागि ३ महिना निलम्बन गरिएको प्रतिष्ठान श्रोतले जनाएको छ ।
बीपी प्रतिष्ठान नियमावली २०५५ १०४(७) अनुसार तीन महिना निलम्बन गरिएको जनाइएको छ । निलम्बनको विषयमा प्रतिष्ठानका प्रवक्ता डा. पशुपति चौधरीले पुष्टी गरेका छन् । पटक पटक पत्र दिदा अटेर गरेकाले र जिम्मेवार कर्मचारीले पोल्याण्ड एप्लाई गदैंछु प्रमाण पत्र दिन नसक्ने जवाफ दिनु गैर जिम्मेवारपूर्ण काम भएकाले निलम्बन गर्नु परेको डा. चौधरीले बताए ।
बीपी दास उपकुलपति भएको आडमा उनको शैक्षिक प्रमाण पत्रबारे छानविन हुन सकेको थिएन । उनको प्रमाण पत्रको विषयमा पटक पटक समाचारसमेत आएको थियो ।

यस विषयमा दासले पत्र आएको भन्ने सुनेको तर आफुले नपाएको बताए । यस अघि पठाएको पत्रका विषयमा आफुले जवाफ दिएको बताउदैं निलम्बन गर्ने कारण आफुलाई थाहा नभएको बताए ।