धरान / धरान १५ स्थित केके इन्टरनेसनल स्कुलका बस चालक भीम बिकको दुबै मृगौलाले काम गर्न छाडे पछि उनको उपचारका लागि विद्यालयले आर्थिक सहयोग जुटाएको छ ।
अभिभावक, शिक्षक कर्मचारीहरुबाट उठाएर एक लाख ५० हजार रकम पीडितलाई उपलब्द गराएको हो । त्यसका लागि विद्यालयका संचालक प्रविण अग्रवालले ५० हजार पाँय सय उपलब्द गराएका थिए । आज विद्यलायमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्याला राईलाई हस्तान्तरण गरिएको विद्यालयका निर्देशक गिरीधार िसापकोटाले जानकारी दिए ।
काठमाण्डौको सुमेरु अस्पतालमा उपचार गराइरहेका विकलाई मजदुर संगठनका धरान अध्यक्ष कमल भट्टराईले पनि १० हजार आर्थिक सहयोग गरेका छन् ।
२ बर्षदेखि विद्यालयको बस चलाउदै आएका विक दुई महिनादेखि काठमाडौंमा उपचार गराउदैं आएका छन् । केही सहयोग होस् भनेर अभिभावकहरुसँग सल्लाहा गरेर विद्यालयको तर्फबाट सहयोग जुटाइएको सापकोटाले बताए ।