धरान  / नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर समितिमा पुन कमल भट्टराई अध्यक्षमा चयन भएका छन् ।
शनिवार धरानमा भएको १३ औं अधिवेशनले उनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा बलबहादुर लिम्बु, सचिवमा विकेश श्रेष्ठ, सहसचिव तिर्थ दाहाल र कोषाध्यक्षमा रुद्र श्रेष्ठ चयन भएका छन् ।

संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वालाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशन पछि आगामी एक बर्षमा ७ सय सदस्य संख्या बृद्धि गर्ने तथा ५ सय सदस्यको नवीकरण गर्ने लक्ष्य राखिएको छ ।

अधिवेशनको अवसरमा धरानका ३ जना पत्रकारहरुलाई सम्मान गरिएको छ । पत्रकारहरु रणध्वज लोहार, विकास चाम्लिङ र रोहित राईलाई सम्मान गरेको हो ।

उत्कृष्ट मजदुरहरु राम बिक,निरबहादुर राई, चिरञ्जिवि श्रेष्ठ, शेरबहादुर मगर, हर्बबहादुर राई र बुकिङ रमेश श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।