धरान / एक सय ३० औं मजदुर दिवस मनाउन जिफन्ट धरानले तयारी समिति गठन गरेको छ । । वैशाख १८ गते मजदुर दिवस पर्छ ।
बिहीबार धरानको भेलाले जिफन्ट धरान उपमहानगर अध्यक्ष समशेर वर्देवाको संयोजकत्वमा ४१ सदस्यीय समिति गठन गरेको हो । भेलाले ९ सदस्यीय सचिवालय गठन गरेको छ । जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा समिति गठन गरिएको हो ।

कार्यक्रममा सामाजिक सुरक्षा कार्यान्वयनलाई मुख्य एजेण्डा बनाएको छ । भेलाले धरानका श्रमिकहरूका समस्याहरूलाई सम्बोधन गर्न नगरपालिकाले श्रम डेष्क वा श्रम समिति निर्माण गरेर मजदुरका समस्यालाई नगरपालिकाले सम्बोधन गर्नुपर्ने भेलाले निर्णय गरेको छ ।