बिर्तामोड । शुक्रबार राती हावा पानीसँगै परेको चट्याङ लागेर झापाको भद्रपुरमा एकजनाको मृत्यु भएको छ ।

राती साढे २ बजे चट्याङ लागेर गम्भिर घाइते भएका भद्रपुर ६ का ३२ बर्षिय भीम राजबंशीको मृत्यु भएको हो ।

चट्याङबाट घाइते भएका राजबंशीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।