झापा । झापाको कमल गाउँपालिका-४ चुलाचुली मोडमा पिकअप भ्यान  दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

बिहान पौने ११ बजे पूर्व-पश्चिम राजमार्गमा पूर्व तर्फ जाँदै गरेको बा २१ च ३२२८ नम्बरको भ्यान आँफै अनियन्त्रित भई दुर्घटना हुँदा दमक नगरपालिका-७ बस्ने वर्ष ६५ को महेश साह गम्भीर घाइते भई उपचारको लागि लाईफ-लाईन अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

त्यसैगरी भ्यानमा सवार सोही स्थान बस्ने बर्ष ७ की सोफिया तामाङ, दमक-१२ बस्ने बर्ष २८ की ईन्दिरा मगर, मोरङ लेटाङ नगरपालिका-१० बस्ने बर्ष ११ की तुलसा लिम्बु घाइते भई उपचारको लागि लाईफ-लाईन अस्पताल दमक पठाईएको छ भने दमक नगरपालिका-७ बस्ने बर्ष ३० को सन्त बहादुर तामाङलाई विराटनगर पठाईएको छ ।

पिकअप र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।