धरान । सुनसरी उद्योग वाणिज्य सङ्घले पत्रकारितामार्फत् पर्यटन विकासमा योगदान पुर्याएको भन्दै ब्लाष्ट टाइम्स दैनिकका सम्पादक गोपाल दाहाललाई सम्मान गरेको छ ।
सङ्घको ३७ औं वार्षिक साधारणसभाको अवसरमा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी र सङ्घका अध्यक्ष राजेन्द्र साहले दाहाललाई नगद १० हजारसहित दोसल्ला र सम्मान–पत्र प्रदान गरे ।

त्यसैगरी एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख सचिन पोख्रेललाई पत्रकारितामार्फत आर्थिक क्षेत्रको विकासमा योगदान पु¥याएको भन्दै नगद १० हजारसहित दोसल्ला र सम्मान–पत्र प्रदान गरियो । पोख्रेल भने कार्यक्रममा उपस्थित थिएनन् ।

सङ्घका निवर्तमान अध्यक्ष सरोज श्रेष्ठको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्का र अर्थविज्ञ कृष्ण अग्रवाल सदस्य रहेको छनोट समितिले दाहाल र पोख्रेललाई छानेको थियो ।