धरान / उपमहानगरले २०७१ कात्तिक २२ गते सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त सङ्र्घष समितिसँग गरेको सहमतिको ९ औं बुँदामा भने आयोजनाले दैनिक १ करोड ५२ लाख लिटर पानी भूमिगत स्रोतबाट उत्पादन गर्ने भन्ने उल्लेख छ ।

तर, आयोजना प्रमुख व्यवस्थापक राजु पोखरेल भने आयोजना भन्नाले खानेपानी संस्थान र आयुडिपी नै रहेको बताए । खानेपानी बोर्डमार्फत् सञ्चालनमा आउँदा १ करोड ५२ लाख लिटर पानी भूमिगत स्रोतबाट उत्पादन गर्ने भन्ने भएको बताए । तर, सङ्र्घष समितिका संयोजक सुजेन्द्र गोलेले आयोजना भन्नाले आइयुडिपीले नै एक करोड ५२ लाख लिटर पानी उत्पादन गरेर देखाउने सहमति बनेको बताए । ‘दुई वटा संस्थाको जोडेर पानी उत्पादन गर्ने भन्ने सहमतिको आशय नै होइन,’ उनले फोनसम्पर्कमा भने, ‘त्यो त सहमति गरेको डकुमेन्टले पनि बोलिहाल्छ नी ।’ यस विषयमा सङ्घर्ष समितिका सचिव ताजुब लिम्बूले पनि आयुडिपीले नै १ करोड ५२ लाख लिटर पानी आपूर्ति गर्ने भन्ने सहमति भएको बताए । ‘हामीलाई नै भ्रममा राख्ने काम भयो,’ उनले भने, ‘हाम्रो बुझाइ आयोजना भन्नाले आइयुडिपीले उत्पादन गर्ने पानी मात्रै हो ।’

आइयुडिपीमार्फत् सञ्चालन भएका कुमारखत क्षेत्रको वेल र कुम्भीआहाल क्षेत्रको वेलबाट दैनिक २२ घण्टा बुस्टर स्टेसन सञ्चालन गर्दा दैनिक ८४ लाख ४५ हजार ८ सय ८८ लिटर पानी उत्पादन हुने देखिन्छ । जुन् सङ्र्घष समितिसँग भएको सहमतिभन्दा दैनिक ६७ लाख ५४ हजार एकसय १२ लिटरले कम हो । खानेपानी संस्थानको भूमिगत चारवटा वेलबाट अहिले दैनिक ६० लाख लिटर पानी उत्पादन भइरहेको छ । यो हिसाबले पनि आयोजना प्रमुख पोखरेलको भनाइलाई आधार मान्दा पनि ७ लाख ५४ हजार एकसय १२ लिटर पानी कम हुन आउँछ । अहिले धरानमा दैनिक साढे ३ करोड खानेपानीको माग छ ।

धरान उपमहानगरले २०७१ कात्तिक २२ गते सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त सङ्र्घष समितिसँग गरेको सहमतिको ९ औं बुँदामा भने आयोजनाले दैनिक १ करोड ५२ लाख लिटर पानी भूमिगत स्रोतबाट उत्पादन गर्ने भन्ने उल्लेख छ ।