देउराली । धरानकाे चारकोशे जंगलस्थित खानेपनी पानीटंकी अगाडी भएको सवारी दुर्घटनामा मृत्यु हुनेकाे संख्या ४ पुगेकाे छ ।
धरानबाट इटहरी तर्फ जादै बा २० च ४०७६ नम्बरकाे कारले साेहि दिशा हुदै गइरहेकाे मे १ च ६६९२ नम्बरको ट्याक्टरलाई ठक्कर दिदाै पुन: बिपरीत दिशाबाट आउँदै गरेको बसलार्इ ठक्कर दिदा भएकाे दुर्घटनामा कार सवार तिन जना इटहरी उपमहानगरपालिकाका ४ बस्ने बर्ष अन्दाजी २५/३० का अनिल श्रेष्ठ, महालक्ष्मी नगरपालिका ४, धनकुटाका बर्ष अन्दाजी २७ का जनक बुढाथोकी र बर्ष इटहरीकै अन्दाजी २८ का मदन लिम्बुकाे धरान स्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान उपचारका क्रममा रातीनै मृत्यु भएकाे थियाे ।
गम्भिर घाइते भएका कार चालक मोरङ सुनदरहरैचा नगरपालिका ४ बस्ने बर्ष अन्दाजी ४५का गोबिन्द बस्नेतलार्इ थप उपचारकालागी विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो । उनको नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले बताएका दिए छन् । मृतक चालकलाई पुन: वीपी प्रतिष्ठानमा ल्याइएर पाेष्टमाटम गरी परिवारकाे जिम्मा लगाइएकाे छ ।
मृतक कार चालककाे अजनै माेरङकाे बुढी खाेलामा अन्तष्ठी गरीने अाफन्तजनले बताएका छन् ।
बस र टेक्टरमा सवार अन्य ८ जना घाइतेहरूमा ४ जनालार्इ डिस्चार्ज गरेकाे छ भने अन्य ४ जनाकाे प्रतिष्ठान उपचार भइरहेकाे छ ।
कारले ठक्कर दिएकाे टेक्टर संखुवासभाको खाँदबारीबाट झापाको चन्द्रगढी हिडेकाे र बस अरिहन्त जुटमिलबाट धरानका कामदारलाई लिएर आउदै गरेको बताइएकाे छ ।