कागती स्वास्थ्यका लागि निकै लाभदायी फल हो । स्वास्थ्यमा यसले पार्ने फाइदा र विशेषखालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गरिन्छ । यसले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ । खासगरी कागती मेक्सिको, भियतनाम र थाइल्याण्डमा लोकप्रिय छ ।
 मानिसलाई दैनिक चाहिने भिटामिन सी को मात्रा ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसमा उच्चमात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, ई र केजस्ता भिटामिनहरू पाइन्छ । यसमा क्यालोरी, कार्बोहाइड्रेट र चिल्लोपदार्थ निकै कममात्रामा पाइन्छ । एउटा ६७ ग्रामको कागतीमा २० क्यालोरीमात्र पाइन्छ । यतिमात्र होइन, कागतीको बोक्रा फाइबर, एन्टीअक्सिडेन्टजस्ता तŒवले भरपूर हुन्छ । 

स्वास्थ्यमा हुने फाइदा

मुटु रोगको रोकथाम गर्छ : कागतीमा पाइने घुलनशील फाइबर र लिमोनिनले रक्तचाप घटाउन मद्दत गर्छ । यसले रक्त धमनीको सुजनबाट बचाई मुटुरोग लाग्न दिँदैन । यसमा पाइने पोटासियम र म्याग्नेसियमले रक्त सञ्चारमा सुधार गर्छ र मुटुको समग्र स्वास्थ्यमा वृद्धि गर्छ ।
स्ट्रोक हुन दि“दैनः कागतीको रस र बोक्रामा पाइने भिटामिन सीले स्ट्रोकको खतरा कम गर्छ, विशेषगरी महिलाका लागि यो उपयोगी हुन्छ । मुटुको धमनीमा बोसो जम्न नदिई कोरोनरी मुटुरोग लाग्न दिँदैन । 
कोलेस्टेरोल कम गर्छः कागतीमा पाइने फ्लाभोनोइड हेस्पेरिडिनले खराब कोलेस्टेरोल र ट्राइग्लिसेरिड कम गर्न मद्दत गर्छ ।
 
क्यान्सर लाग्न दिँदैनः कागतीमा पाइने एन्टीअक्सिडेन्टसहितका फोटोकेमिकल्सहरू जस्तैः फ्लाभोनोइड, फ्लाभोन्स, ट्रिटर्पेनोइड र लाइमोनोइडमा क्यान्सरसँग लड्ने क्षमता हुन्छ । यी तŒवले कोलोन, स्तन, प्रोस्टेट, प्याङ्क्रियाटिक, पेट, फोक्सो, मिर्गौला र रक्त क्यान्सरका कोषहरू बढ्नबाट रोक्छ ।
 
तौल नियन्त्रण गर्छः कागतीमा पाइने विशेष खालको तेलले तौल घटाउनुका साथै खानाको उपभोग नियन्त्रण गर्छ । साइट्रिक एसिड चिल्लो हटाउने उत्कृष्ट तŒव हो । तातो पानीमा एउटा कागतीको रस हालेर नियमित रूपमा पिउने हो भने एकसाताभित्रै सकारात्मक परिणाम पाउन सकिन्छ । 
 
रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छः यसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गरी मलेरिया, डाइरिया, निमोनियाजस्ता रोगको सङ्क्रमण हुन दिँदैन । यसमा पाइने भिटामिन सीले रुघाखोकी, ज्वरो आउन दिँदैन । 
 
किड्नी स्टोनबाट बचाउँछः कागतीको ताजा जुसले किड्नीमा स्टोन हुन दिँदैन र भएको पनि हटाउन मद्दत गर्छ । एक अध्ययनमा लगातार ४ वर्ष कागती सेवनले मिर्गाैलाको पत्थरी घटाएको पाइएको थियो । 
 
छालाको स्वास्थ्यका लागि उपयोगीः यसमा पाइने स्वस्थ एसिडले छालाका मृत कोष हटाउने काम गर्छ । यसले कोलाजेन निर्माण गर्छ र चाउरी पर्न दिँदैन । समग्रमा रूप सुन्दर बनाउने काम गर्छ । साथै, डण्डीफोर, दाग हटाउँछ । घाम, धूलो र प्रदूषणका कारण हुने छालाको क्षति हुनबाट जोगाउँछ । 
 

यसका साथै कागतीबाट हुने अन्य फाइदाहरूः 

  • कब्जियत नियन्त्रण गर्छ,
  • मधुमेह नियन्त्रण गर्छ,
  • पेप्टिक अल्सर निको पार्छ,
  • श्वास–प्रश्वासको समस्या निको पार्छ,
  • बाथको उपचारमा सहयोगी,
  • आँखाको समस्या निको पार्छ,
  • ज्वरो घटाउँछ,
  • युरिक एसिडको उपचार गर्छ,
  • पायल्सको उपचार गर्छ,
  • झाडापखाला रोक्छ,
  • पिसाब नियमित गर्छ,
  • कपालको सौन्दर्यमा उपयोगी,
  • महिलाको स्वास्थ्य राम्रो बनाउँछ ।
  • स्वास्थ्यखबरबाट